स्वस्थानी व्रत समापन गरिंदै
पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक अवलम्वन गरिएकाे स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक स्वस्थानी व्रत कथा वाचन तथा श्रवण गर्ने गर्छन् ।
स्वस्थानी व्रतकथा समापनका अवसरमा शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने तथा माघ शुक्लपूर्णिमाका दिनमा पुजा आरधनाका गरी नजिककाे नदी, ताल, धारामा पुगी स्नान लगायतका कार्य गरी व्रत विसर्जन गर्ने प्रचलन छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । अविवाहितहरूले राम्राे सुयाेग्य पति मिलाेस् भनी तथा विवाहितहरूले पतिकाे सुस्वास्थ्य दीर्घायू लगायतकाे कामना गरी स्वस्थानी व्रत बस्ने प्रचलन छ ।

