धरानका मेयर हर्क साम्पाङ र प्रचण्डवीच भेटवार्ता

धरानकाे विकासमा युवा नेतृत्व सफल बन्नुपर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगरपलिकाकाे विकासमा युवा नेतृत्वले सफल बन्नुपर्ने बताउनुभएकाे छ ।

धरानमा स्वतन्त्रबाट उम्मेदवारी दिएर मेयर बन्नुभएका हर्क साम्पाङलाई आफ्नै निवासमा भएकाे भेटमा अध्यक्ष प्रचण्डले साम्पाङलाइ शुभकामना साथै विकासका काममा पूर्ण समर्थन रहने बताउनुभएकाे थियाे ।

सचिवालयका अनुसार धरानका मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघालाई प्रचण्डले दुई युवाहरू मिलेर विकास निर्माणका काममा सफल हुनुपर्ने बताउनुभएकाे थियाे ।

प्रचण्डले साम्पाङले नागरिकलाइ विकासमा जाेड्न पहल गरेकामा उक्त भूमिकाकाे समेत प्रशंसा गर्नुभएकाे थियाे ।

Facebook Comments