हाेली पर्व मनाइँदै

हिन्दु धर्मावलम्वीहरूले हाेली पर्व हर्षाेउल्लासका साथ मनाउँदैछन । विगतका २ बर्ष काेभिड १९ काे महामारीका कारण परिवारमा मात्र सीमित भएकाे हाेली यसपटक भने टाेल टाेलमा विशेष कार्यक्रमका साथ मनाउने क्रम जारी छ ।

हाेलीमा बालबालिका तथा युवा युवतीहरू समूह बनाएर बिशेष मनाेरञ्जनका साथ एक आपसमा अबिर लगाइदिएर त्मियता साटिरहेका भेटिन्छन् ।

विभिन्न संस्थाहरूले पनि हाेली विशेष कार्यक्रम गरी मनाेरन्जनका साथ एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाइँरहेका छन् । खानपिन सहित पारिवारीक जमघट तथा फागु खेलेर मनाेरन्जन गर्ने पिकनिक गर्ने लगायतका कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।

आज काठमाडौंको बसन्तपुरमा उल्लेख्य सहभागीताका साथ होली विशेष कार्यक्रम भइरहेकाे छ । हाेली आज पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइँदै छ भने भोलि तराई मधेशका जिल्लामा मनाइने छ । होलीको अवसरमा सरकारले पहाडी जिल्लाहरूमा आज र तराइका जिल्लामा भाेली सार्वजनिक विदा दिएको छ ।

यसैवीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री विभिन्न राजनीतिक दलका नेताहरूले हाेली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सुख शान्ति र समृद्धिकाे कामना गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जारी गर्नुभएकाे सन्देशमा फागुपूर्णिमाको अवसरमा स्वदेश र विदेशमा रहेका सबै दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएकाे छ ।

होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै उनले यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन्।

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन्।

समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास प्रधानमन्त्रीको छ।

पाेखरामा रेवानले हाेली महाेत्सव गरेकाे छ । महाेत्सवमा स्वदेशी तथा विदेशी पर्यटकले एक आपसमा रंग लगाएर मनाेरन्जन लिएका थिए । त्यस्तै पत्रकार महासंघ कास्कीले पनि हाेलीका अवसरमा कार्यक्रम गरेर हाेली मनाएकाे छ ।

तस्वीर घनश्याम पाण्डेय

Facebook Comments