घट्दै काेराेना संक्रमित

विहीबार देशभर थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अनुसार ४ हजार ७ सय ४७ जनाको कोरोना परीक्षण गर्दा थप २७ जनामा संक्रमण पुष्टि भएको हो। 

१ हजार ६५४ जनाको पिसिआर गर्दा  २२ र ३ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । हाल मुलुकभर ४ हजार ३ सय ७६ जना सक्रिय संक्रमित छन्। विहीबार नै २२० जना संक्रमित निको समेत भएका छन्।

Facebook Comments