दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ शुरू

दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँगकाे समन्वयमा टिकट बुकिङकाे खुला गरिएकाे हाे ।

सरकारले ताेकेकाे भाडादर अनुसार यात्रुले टिकट काट्न सक्ने बताइएकाे छ । टिकट बुक गर्दा बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न गरेर उजुरी गर्न सक्नेछन् ।

अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको छ । तर विगत वर्षहरूमा चाडबाडका बेला यात्रुले सहजै टिकट पाउन भने मुस्किल देखिने गरेकाे थियाे ।

यात्रुले सहजै टिकट नपाउने, उल्टै बढी पैसा तिर्नुपरेकाे, टिकट काटेपनि सिट नहुने जस्ता समस्या बेहाेर्नुपरेकाे थियाे ।

यसपटक भने विभागले अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री नगर्न भनेकाे छ । त्यसका लागि अनुगमन गरिने बताइएकाे छ ।

दशैंका बेला भने सार्वजनिक सवारी साधनहरूले नियमित रूट परमिट लिएकाे भन्दा फरक रूटमा समेत जान पाउने ब्यवस्था मिलाएकाे विभागले जनाएकाे छ ।

Facebook Comments