कांग्रेस सांसदहरूकाे बधाइ साटासाट प्रधानमन्त्री निवासमा
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाउनुभएकाे छ । पार्टीका सांसदहरूकाे बधाई आदानप्रदान र संसदीय दलको निर्वाचन सम्बन्धि छलफल हुने स्राेतले जनाएकाे छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा समानुपातिकतर्फको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल गर्न लाग्नुभएकाे हाे ।
कांग्रेसमा संसदीय दलकाे नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, नेता शेखर काेइराला, संशाक काेइराला लगायतले चासाे प्रकट गरेका छन् । देउवा छैटाैंपटक प्रधानमन्त्री बन्ने याेजनाका साथ संसदीय दलकाे नेता चुनिने दाउमा रहनुभएकाे छ । यसमा महामन्त्री गगन थापाले पनि दलकाे नेतामा चुनाैति दिने बताइसक्नुभएकाे छ ।
Facebook Comments

