एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेले आज केन्द्रीय कार्यालय र सचिवालयको बैठक बस्दैछ ।
बिहान ११ बजे थापाथलीस्थित कार्यालयमा बस्ने केन्द्रीय कार्यालय बैठकमा स्थानीय तहको चुनाव तयारीबारे छलफल हुने बताइएकाे छ ।
सचिवालय बैठक भने अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बस्ने प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयाे ।
उहाँका अनुसार स्थानीय तहकाे चुनावी तयारी तथा पार्टीको घोषणा पत्रलगायत विषयमा छलफलका लागि सचिवालय बैठक बस्न लागेकाे हाे ।
Facebook Comments

