माओवादी केन्द्रद्वारा पोखराकाे प्रमुख र उपप्रमुखमा ३-३ जनाको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले पोखरा महानगर प्रमुखका लागि प्रमुख र उपप्रमुखमा ३-३ जनाको नाम सिफारिस गरेको छ ।

महानगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा कमिटी अध्यक्षसमेत रहेका बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको हाे ।

त्यस्तै, महानगर उपप्रमुखमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरकमिटीका अध्यक्ष हरिनारायण गिरीले जनाकारी दिनुभयाे ।

प्रमुखमा सिफारिश हुनुभएका लामिछाने यसअघि पनि उम्मेदवारी दिएर पछि कांग्रेससँग तालेमलका लागि भएकाे सहमतिमा उम्मेदवारी फिर्ता लिनुभएकाे थियाे भने उपप्रमुखमा सिफारिस हुनुभएकी ढकालले अघिल्लो पटक पनि उपप्रमुखमा प्रतिस्पर्धा गर्नुभएकाे थियाे ।

Facebook Comments