सिद्धबाबा विरुद्धको बलात्कार मुद्दा:जिल्ला अदालतको फैसला बदर

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीले यसअघि गरेकाे फैसला बदर भएकाे छ । जिल्ला अदालत सुनसरीले यसअघि गरेको फैसलामा सिद्धबाबालाइ सफाइ दिएकाे थियाे ।

उच्च अदालत विराटनगरले उक्त फैसला बदर गर्दै पुनः सुनवाइका लागि जिल्लामै फर्काइदिएकाे छ ।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला बदर गरेको हो ।  

जिल्ला अदालत सुनसरीको फैसला बदर र सबुद प्रमाण बुझेर इन्साफ गर्न सुरु जिल्ला अदालतमा नै मुद्दा फिर्ता पठाउने फैसला भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताउनुभयाे ।

महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

Facebook Comments