प्रजातन्त्रिक सेनानी सम्मान २०७९ देब बहादुर सिंहलाई

स्याङ्जा साहित्य प्रतिस्ठान र स्वर्गीय शिवकुमार अधिकारी स्मृर्ति प्रतिष्ठानको संयुक्त आयोजनामा लोकसाहित्य सङ्गोष्ठी एबम स्रष्टा सम्मान कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रजातन्त्रिक सेनानी पुरस्कारबाट देब बहादुर सिंह ठकुरिलाई कदर पत्र, रु २०१०५ र दोशला सहित सम्मान गरिएको थियो ।

सम्मानित सिंह २००१ असार १४ गते स्याङ्गजा जिल्लाको बहाकोटमा जन्मनु भएको ७ निरन्तर प्रजातान्त्रिक आन्दोलनमा अग्रसर रहदै आउनुभएको थियो ।

२०४२ को आन्दोलनमा ७ दिन नजरबन्द , २०६२/६३को आन्दोलनमा पटक पटक चेल चलान हुनुभएको सिह २०१४ सालबाट निरन्तर प्रजातन्त्र प्राप्ति र प्रजातन्त्रको पहरेदार रहेकाले सम्मान गरिएको स्वर्गीय शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानका सस्थांपक अध्यक्ष सुबोधकुमार अधिकारीले बताउनुभयो ।

Facebook Comments