आम निर्वाचन २०७९ः पाँच दिनभित्र नतिजा सार्वजनिक हुने

निर्वाचन आयोगले यही मंसिर ४ गते हुने आम निर्वाचन २०७९काे मत परिणाम ५ दिनभित्र सार्वजनिक गर्ने भएकाे छ ।

उक्त दिन सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभा र प्रेदश तर्फ ७ वटै प्रदेशमा प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले विहीबार पत्रकार सम्मेलन गरी आम निर्वाचन २०७९ को सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य राखिएकाे जनाएकाे छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य छ ।

निर्वाचन अधिकृतकाे कार्यालयले ताेकेकाे मतगणना स्थलमा सबै मतपेटिका संकलन भएको लगत्तै मतगणना सुरु गर्न ७७ वटै जिल्लामा निर्वाचन आयोगले सर्कुलर गरिसकेकाे छ ।

थपलियाले मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने  तयारी रहेको पनि जानकारी दिनुभयाे ।

Facebook Comments