केन्याली धावक स्टेफनलाई पाेखरा म्याराथनकाे उपाधि
केन्याली धावक स्टेफन कोसगेईले पोखरा–सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जित्न सफल भएका छन् । यसअघि १५औं संस्करणमा जापानिज धावकले उपाधि जितेका थिए ।
महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईंले उपाधि चुम्न सफल हुनुभयाे । केन्याली धावक कोसगेईले १६औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको कीर्तिमान बनाउँदै उपाधि जितेका हुन् ।
केन्याली धावक कोसगेईले यसअघिकाे पाेखरा म्याराथनकाे रेकर्ड समेत ताेडेका छन् ।
२ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै ४ लाख रुपैयाँ नगद राशीसहितको पुरस्कार प्राप्त गरे । यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठकाे नाममा २ घण्टा २५ मिनेट ०५ सेकेण्डकाे पाेखरा म्याराथनकाे कीर्तिमान रहेकाे थियाे ।
Facebook Comments

