युक्रेन र रसियालाई वार्ता मार्फत् समस्या समाधान गर्न एचडब्लुपिएलको आग्रह
एचडब्लुपिएलका अध्यक्ष मान हि लिले रसिया र युक्रेनवीचको युद्ध अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
विश्व शान्तिको पक्षमा काम गर्दै आएको कोरियन संस्था एचडब्लुपिएलको अगुवाइमा भएकाे विश्व शान्ति महाेत्सवकाे आठौं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष लिले यस्तो बताउनुभएको हो ।
उहाँले युद्धको अविलम्व अन्त्य हुनुपर्ने बताउँदै सबै समस्याहरुको समाधान वार्ता मार्फत् गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वका अधिकांश सर्वसाधारण नागरिकहरुले युद्ध नभई शान्ति चाहेको अध्यक्ष लिको भनाई छ । भावी पुस्ताका लागि शान्तिपूर्ण विश्व आवश्यक हुने भन्दै उहाँले युद्धले विनाशमात्र गर्ने बताउनुभयो ।
एचडब्लुपिएलको नेतृत्वमा फिलिपिन्समा शान्ति स्थापना भएको भन्दै अहिलेको समयमा पनि युद्धका कारण निर्दोष नागरिकको ज्यान जानु दु:खद भएको उहाँको भनाई थियो ।
बालबालिकाहरुका लागि शान्तिका बारेमा अध्यापन गराउने कार्यमा समेत एचडब्लुपिएल सक्रिय रहेको छ ।
विश्वका राजनीतिक तथा धार्मिक लगायतका विभिन्न क्षेत्रका नेतृत्वकर्ताले शान्तिपूर्ण विश्व निर्माणका लागि पहलकदमी लिनुपर्नेमा समेत लिको जोड थियो ।

