काठमाण्डाैमा गोली चल्दा एक जना मृत्यु
काठमाण्डाैकाे गोठाटारमा गोली चल्दा घाइते भएकाे एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ। सोमबार साँझ गोलीले लागेर एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार घटनामा घाइते सर्लाही जिल्ला हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद अन्सारीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो ।
कसले गोली चलाएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
Facebook Comments

