प्रतिनिधि सभाको बैठकः एमसिसीमा सबैकाे चासाे
आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसिसी टेबल गर्न खाेजेकाे छ । तर सत्ता गठबन्धनका दलहरूवीच एमसिसी संसदमा टेबल गर्ने नगर्ने भन्नेमै विवाद छ ।
कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका ४ दल एमसिसी यथास्थितिमा पास गर्न नहुनेमा मान्यतामा छन् । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा एमसीसी टेबल हुने चर्चा रहेपनि कुनै टुंगाे भने छैन ।
सभामुख अग्निप्रसाद सापकोटाले कार्य परामर्श समितिको बैठक बोलाउनुभएकाे छ । आज बस्ने सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा एमसिसी संसद्मा टेबल गर्ने/नगर्नेबारे निर्णय हुने बताइएकाे छ ।
नेकपा एकीकृत समाजवादीले भने एमसिसी संसदमा टेबल गर्न दिने संकेत गरेकाे छ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहने साे पार्टीले जनाएकाे छ ।
Facebook Comments

