एमसिसीः सत्ता गठबन्धनमा हाेला त सहमति !

पेचिलाे बनिरहेकाे अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा सत्ता गठबन्धनका दलहरूवीच छलफल जारी छ । सत्ता गठबन्धनभित्रै एमसिसीकाे बारेमा फरक मत छ । नेपाली कांग्रेस एमसिसी पारित गर्ने पक्षमा छ भने बाँकी दलहरू एमसिसी संशाेधन विना पारित गर्न नहुने पक्षमा छन् ।

संसदमा टेबल गर्ने बिषयमा सहमति जुटाउनका लागि गठबन्धनका नेताहरू बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् ।

यही बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बताइन्छ । एमसिसीमा सहमति नभएमा गठबन्धन समेत टुट्न सक्ने कतिपयकाे बुझाइ छ ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । अमेरिकाले दिएकाे समयसीमाका कारण सरकार दबावमा छ ।

तर सत्ता साझेदार दलहरू एमसीसीको विषयमा विभाजित भएपछि नेपाली कांग्रेसले एमालेकाे साथ एमसिसीमा खाेजेपनि गठबन्धन टुटाउने अस्त्रका रूपमा मात्र प्रयाेग हुन सक्ने तर्फ कांग्रेस संशकित छ ।

Facebook Comments