महानरपालिकामा सहमति, उपमहानगरमा अड्कियाे गठबन्धन
सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेपनि उपमहानगरपालिकामा भने सहमति जुटेकाे छैन ।
सहमतिकाे प्रयासमा बुधबार पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूकाे बैठक बस्दैछ ।
मंगलबार दिउँसो र राती अबेरसम्म गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे थियाे । श्राेतका अनुसार शीर्त तहमा महानगरपालिकाकाे भागबण्डामा माेटामाेटी सहमति भएकाे छ ।
जसअनुसार ६ महानगरपालिकामध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका लिने र बाँकी तीनमा माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पाेखरा र जनता समाजवादी पार्टीले बिरगंज महानगरको नेतृत्व लिने सहमति भएकाे हाे । त्यस्तै उपमेयरमा कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुर, एकीकृत समाजवादीले काठमाण्डाै, जनता समाजवादीले विराटनगर तथा माओवादी केन्द्रले ललिततपुरको उपमेयर लिनेछन् ।
११ उपमहानगरपालिकाको छिनोफानो भने हुन सकेकाे छैन । गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाको भागवण्डा लगभग मिलिसकेकाे बताइएकाे छ ।
जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दावी नछोडेपछि कुरा मिल्न नसकेको हाे । कांग्रेस ६, माओवादी केन्द्रलाई ३ एकीकृत समाजवादी र जसपाले १-१ उपमहानगर लिने माेटामाेटी सहमति छ ।

