स्थानीय चुनावमा तालमेलकाे प्रयाससँगै कांग्रेसमा असन्तुष्टि

सत्तारूढ गठबन्धनभित्र रहेका सबै दललाई भागबन्डा गरेर स्थानीय चुनावमा जाने छलफल हुँदै गर्दा कांग्रेसभित्र भने तीव्र असन्तुष्टि देखिएकाे छ । कांग्रेसकाे केन्द्रीय तहका नेताहरूवीच नै तालमेलका सम्बन्धमा तीव्र मतभेद छ ।

स्थानीय तहमा भने कांग्रेसले नेतृत्व नपाउने स्थानमा कार्यकर्ताले तीव्र असन्तुष्टि जनाएका छन् । मुख्यगरी पाेखरा, बिरगंज र भरतपुर महानगरपालिकाकाे नेतृत्व नपाउने भएपछि कास्की, चितवन र पर्सामा कांग्रेसका जिल्लास्तरीय कार्यकर्ताले तीव्र असन्तुष्टि जनाएका हुन् ।

ति जिल्लामा क्रियाशीले कांग्रेसका कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जाल तथा विज्ञप्ती निकालेर विराेध गरेका हुन् ।

तर गठबन्धनकाे नेतृत्वकर्ता कांग्रेसका सभापित शेरबहादुर देउवाले भने गठबन्धनकै बलमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै गठबन्धन टुटाउन नहुने बताउनुभएकाे छ ।

नेविसंघको स्थापना दिवसमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले गठबन्धनकै बलमा केन्द्र तथा प्रदेश सरकारकाे नेतृत्व सम्भव भएकाे भन्दै एक्लै बहुमत नआउने भएकोले अर्को दलसँग चुनावी तालमेल गर्नुपर्ने अबस्था रहेकाे बताउनुभएकाे थियाे ।

Facebook Comments