एन्फाको अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित हुनुभएकाे छ ।

एन्फाकाे साेमबार काठमाण्डाैमा भएकाे चुनावी साधरणसभाबाट नेम्बाङ अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । नेम्बाङ निर्वतमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा चयन हुनुभएकाे हाे ।  

चुनावमा ८४ मत खसेकोमा नेम्बाङले ४५ भोट पाएर विजयी हुँदा शेर्पाले ३९ मत ल्याउनुभएकाे थियाे ।

नेम्बाङ यसअघि वरिष्ठ उपाध्यक्ष पदमा हुनुहुन्थ्याे । अहिले अन्य पदका लागि मतगणना हुँदैछ। नेम्बाङ र शेर्पाले प्यानल नै बनाएर निर्वाचनमा भाग लिएका थिए ।

Facebook Comments