ज्येष्ठ सदस्यकाे पालनपाेषण नगरे सम्पत्ति सरकारले लिन सक्ने
ज्येष्ठ नागरिकका नजिकका नातेदारले उचित पालनपाेषण तथा हेरचाह नगरेमा त्यस्ता ज्येष्ठ नागरिककाे सम्पत्ति हकवालाले नपाउने नियम बनेकाे छ ।
ज्येष्ठ नागरिकलाई परिवारका सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरे पालनपाेषणकाे ब्यवस्थापनका लागि जायजेथा वा अंशभाग स्थानीय तहले स्वामित्वमा ल्याउन सक्ने विधेयक पारित भएकाे छ ।
प्रतिनिधि सभाबाट पारित भएकाे ज्येष्ठ नागरिकसम्बन्धी ऐनको संशोधन विधेयकले हेरचाह नपाएर अलपत्र बनेका ज्येष्ठ नागरिककाे हेरचाहका लागि निजकाे जायजेथा या सम्पत्ति स्थानीय तहले स्वामित्वमा ल्याउन सक्ने ब्यवस्था गरेकाे हाे ।
यसका लागि प्रदेश र स्थानीय सरकारले ज्येष्ठ नागरिक हेरचाह केन्द्र सञ्चालनमा ल्याउनुपर्ने प्रावधान पनि विधेयककमा समेटिएकाे छ ।
अबदेखि बाबु-आमाकाे पालन पाेषण हेरचाहका लागि आम्दानीकाे निश्चित अंश दिनपर्ने प्रावधान पनि विधेयकमा समावेश छ ।
प्रतिनिधि सभाले पारित गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी हैसियतमा पुग्नेछ ।

