स्थानीय तह निर्वाचनः सबै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना
निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएकाे जनाएकाे छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सफल पार्नका लागि बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खाेलिएकाे हाे ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालका अनुसार सदरमुकाम बाहेकका ठाउँमा गाउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकाे छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणा समेत त्यही कार्यालयबाटै काम हुने बताउनुभयाे ।
यसैवीच मतपत्र ढुवानीकाे सुरक्षा जिम्मा नेपाली सेनालाई दिने आयोगले जनाएकाे छ ।
Facebook Comments

