एमाले रणनीतिः बैशाख १० मा महानगर र उपमहानगरका उम्मेदवार चयन गर्ने
नेकपा एमालले महानगरपालिका र उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूकाे टुंगाे १० वैशाखमा मात्रै गर्ने भएकाे छ ।
बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारमा सिफारिश भएका आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो ।
बैठकले प्रस्तुत नाममाथि थप छलफल र अध्ययन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने निर्णय गरेकाे हाे ।
प्रदेशका सांसदहरू भने अब स्थानीय तहमा उम्मेदवार बन्न नपाउने भएका छन् । तर भरतपुर महानगरपालिकाका लागि भने वाग्मती प्रदेशका सांसद विजय सुवेदी मेयरकाे उम्मेदवार बन्नुहुने निश्चित भएकाे छ ।
साे प्रयाेजनका लागि उहाँले प्रदेश सांसद पदबाट विहीबार नै राजीनामा दिनुभएकाे छ ।
Facebook Comments

