बागमतीलाई २–० गोलले हराउँदै खुमलटार अन्तिम चारमा

बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

विरगंगलाई हराउँदै आयोजक हेमजा युनाइटेड क्लब छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमतीमाथि सानदार जित निकालेको हो । खेलको दोस्रो मिनेटमा नै खुमलटारले अग्रता लियो । खुमलटारले पाएको फ्रिकिकको सदुपयोग गरेको हो ।

उक्त फ्रिकिकबाट आएको बललाई नियन्त्रणमा लिदैँ आसिष श्रेष्ठको उत्कृष्ट गोल रह्यो । खुमलटारले २८ औ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो । प्रसान्त अवस्तीले दिएको पासमा आसिषले नै पुन: उत्कृष्ट गोल गरेपछि टिमको अग्रता दोब्बर भएकाे थियो ।

पहिलो हाफमै २–० गोलले पछि परेको बागमतीले दोस्रो हाफमा निकै आक्रमक खेल खेलेपनि नतिजा निकाल्न भने असफल रहयो । बल पोजिसनमा आफ्नो बर्चस्व देखाएको बागमतीले पाएको अवसरहरुलाई जालीको दिशा दिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

Facebook Comments