पुष २७ देखी एघारौं पोखरा महोत्सव हुने

एघारौं संस्करणको पोखरा महोत्सव पुस २७ गतेदेखि हुने भएको छ । महोत्सवको तयारी तीव्र पारिएको छ ।

आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

स्थापना कालदेखी युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

महोत्सवकै आम्दानीबाट युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवको संघारमा आइपुग्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले वताउनुभयो ।

त्यस्तै आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दुरदराजका गाउहरुमा स्वास्थ्य शिविर, युवाहरुलाई कुलतबाट फस्नबाट रोक्नका लागि खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागि युनाईटेड क्लवले खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगिताहमा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रही टेवा पुर्‍याउदै आइरहेको समेत अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

युनाईटेड क्लवले मानवनिर्मित खुल्ला चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैया नगद प्रदान गरिसकेको छ । सो चिडियाखाना पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा फैलिएको छ ।

२०७२ साल साउन १५ गते शिलान्यास भइ पशुपंक्षी उद्धार केन्द्र हुदै हाल चिडियाखाना गण्डकी पदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला बन डिभिजन कार्यालय मार्फत निर्माणको कार्य अगाडि वढिरहेको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्‍याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्‍याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पुर्‍याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले वताउनुभयो ।

Facebook Comments