एमालेकाे चुनावी घाेषणापत्रः प्रतिनिधिसभा विघटन सही, सर्वाेच्चकाे फैसला गलत

नेकपा एमालेले स्थानीय तहको निर्वाचनकाे चुनावी घाेषणापत्र सार्वजनिक गरेकाे छ । घाेषणापत्रमा प्रतिनिधिसभाकाे विघटन सही भएकाे र सर्वाेच्च अदालतकाे फैसला गलत रहेकाे उल्लेख गरिएकाे छ ।

एमालेले संविधानको अपव्याख्या र अदालतको दुरुपयोग गरेर सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित गरेको जिकीर गरेकाे छ ।

साथै स्थानीय तहकाे नेतृत्व एमालेले पाएमा राष्ट्रिय राजनीति समेत सही बोटोमा जाने जिकीर घाेषणापत्रमा गरिएकाे छ ।

एमालेले वर्तमान सत्तारूढ पाँचदलीय गठबन्धन अवसरवादी गठबन्धन भएको र मुलुकको अग्रगतिको बाधक बनेको आराेप लगाएकाे छ ।

स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल भएको दाबी गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्वपूर्ण काम भएको, पूर्वाधार विकासतर्फ ४ हजार ३६२ किलोमिटर कालोपत्र सडक बनेको, तुइना विस्थापित भएको अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइपलाइन बनेको, जनकपुर–जयनगर–कुर्ता रेलमार्ग निर्माण गरेको सञ्चालनमा आएको, भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण सपन्न भएको, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको घाेषणापत्रमा उल्लेख छ ।

त्यस्तै सामाजिक न्याय र सुरक्षामा उपलब्धि हाँसिल भएकाे, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गुणात्मक सुधार भएकाे लगायतका बिषय घाेषणापत्रमा समावेश गरिएकाे छ ।

राेजगारीकाे सिर्जना, सूचनाप्रविधि तथा सेवा प्रवाहमा सुधार भएकाे जिकिर पनि घाेषणापत्रमा गरिएकाे छ ।

एमालेले विकास निर्माणका काममा जस लिएर मत बढाउने काेशिष गरेकाे छ । तुइन विस्थापन गरिएकाे तथा रेल, माेनाेरेल, पानी जहाज लगायतका यसअघि अगाडि सारिएका याेजना पुनः घाेषणापत्रमा उल्लेख गरिएकाे छ ।

Facebook Comments