स्थानीय तहमा उम्मेदवार बन्न राजीनामा तथा दल फेरबदल तीव्र

वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् ।

शुक्रबार मात्रै प्रदेश सांसद प्रमाेद शाह, वीरगन्जका मेयर विजय सरावगी र भरतपुरका मेयर रेनु दाहाल लगायतले राजीनामा दिएका छन्।

वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको छ भने भरतपुरकी मेयर रेनु दाहालले शुक्रबार नै राजीनामा दिनुभएकाे छ ।

सरावगी नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्ने निश्चित छ । त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर दाहालले पनि पुनः मेयरमा उठ्नका लागि गठबन्धनका दलहरूवीच निर्विकल्प बन्नुभएकाे छ ।

कांग्रेसमा केही असन्तुष्टि भएपनि केन्द्रमा भरतपुर महानगरपालिकाकाे नेतृत्व माओवादी केन्द्रले लिने सहमति भइसकेकाे छ ।

बारा जिल्लाको सदरमुकामसमेत रहेको कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले पुनः निर्वाचन लडनका लागि पदबाट राजीनामा दिएका छन् ।

पदबाट राजीनामा दिनेमात्र नभइ उम्मेदवार बन्नकै लागि पार्टी बदल्ने क्रम पनि तिव्र बनिरहेकाे छ ।

Facebook Comments