भरतपुरमा गठबन्धनका उम्मेदवारकाे अग्रता बढ्दै

स्थानीय निर्वाचन अन्तर्गत सर्वाधिक चासाेकाे बिषय भनेकाे चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै छ ।

शुरूदेखि नै अग्रतामा रहेका उम्मेदवारकाे मतान्तर समेत निरन्तर फराकिलाे बनिरहेकाे छ । भरतपुरमा हालसम्म ९० हजार ३ सय ८ मत गणना भएको छ।

पछिल्लो गणना अनुसार सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दहालले ३५ हजार ४६० मत पाउँदा ७ हजार ५ सय ६५ मतकाे अग्रता कायम भएकाे छ ।

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीकाे २७ हजार ५ सय ९५ मत रहेकाे छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत हाँसिल गर्नुभएकाे छ ।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७ हजार ६२४ मत प्राप्त गर्नुभएकाे छ ।

एमालेकाे समर्थन प्राप्त राप्रपाकी हिमला गुरूङकाे २२ हजार ५६ मत रहेकाे छ । जुन अधिकारीकाे भन्दा १५ हजार ५ सय ६८ मतले कम हाे । भरतपुरमा १ लाख २७ हजार मतमध्ये अब चितवनमा करिब ३७ हजार मत गणना गर्न बाँकी छ।

Facebook Comments