द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

भारतको राष्ट्रपति द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित हुनुभएकाे छ । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुनुभएकाे हाे ।

भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मूल्य कटाएर निर्वाचित हुनुभएकाे हाे ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहनुभएकी मुर्मू आदिवासी समुदायबाट भारतकाे पहिलाे राष्ट्रपति बन्नुभएकाे हाे । ।

Facebook Comments