अभिनेता पल शाहविरुद्ध बलात्कार अभियाेगमा जाहेरी दर्ता

बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ ।

शाहविरुद्ध नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा जाहेरी दर्ता भएकाे तनहुँ प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ताका लागि साेधपुछ गर्दा घटना भएकाे स्थान तनहुँ भएकाले तनहुँमा नै जाहेरी दर्ता गर्न सुझाव दिइएकाे थियाे ।

एक महिना अघि नै जाहेरी दिने बताइएपनि शाहले निज गायिकाकाे परिवारसँग छलफल गरी जाहेरी दर्ता गर्न राेकेकाे बताइन्छ ।

Facebook Comments