फेरि बढ्याे इन्धनकाे मुल्य, पेट्राेलमा १०, ग्यासमा २००रूपैयाँले वृद्धि

नेपाल आयल निगमले इन्धनको मूल्यमा पुनः बढाएकाे छ । केही दिन पहिले पनि मुल्यमा भारी वृद्धि गरेको निगमले पुनः पेट्राेलमा १० रूपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रूपैयाँले वृद्धि गरेकाे छ ।

त्यस्तै डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ, मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसको मूल्य पनि १८०० रूपैयाँ प्रतिसिलिण्डर पर्नेछ ।

हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

निर्वाचन अगाडि तिव्र विराेध हुने र मतपरिणाम नै प्रभावित हुने डरले केही समय मुल्यवृद्धि राेकेकाे सरकारले चुनाव लगत्तै भारी मात्रामा इन्धनकाे मुल्य बढाएकाे हाे ।

Facebook Comments