मसिना पर्यटन सहकारी संस्थाको अध्यक्षमा गिरी चयन
मसिना पर्यटन सहकारी सस्था पोखरा ३२ को १० औ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले तिन वर्षे कार्यकालको लागि प्रकाश चन्द्र गिरी (पागल) सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा रामचन्द्र खनाल र बिमला वस्नेत सचिवमा विष्णु प्रसाद तिवारी, सह–सचिवमा अर्जुन मल्ल, कोषाध्यक्षमा चिरन्जिवि तिवारी रहेका छन् भने समितिको सदस्यहरुमा खमवहादुर पुन, पृथ्वीनारयाण श्रेष्ठ, सरिता ( लम्साल) वाग्ले, नारायणप्रसाद पाण्डे, पदमराज अधिकारी, परिबेश ओझा, , तिर्थराज खनाल , सप्तनाथ कुँवर र धर्म तिमिस्सिना रहेका छन् । यसैगरी लेखा समितिको संयोजकमा पुर्णराज बोहोरा सदस्यमा काशिनाथ धमला रहनुभएकाे छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै शुक्ला गण्डकी नगरपालिका उप प्रमुख खुमबहादुरल वि क ( राजु ) ले सहकारीहरुले समाज परिवर्तनका लागि रचनात्मक काम गर्नु पर्नेमा जोड दिनुभयाे ।
उप प्रमुख विे.क.ले स्थानिय तहको लगानीलाई सुरक्षीत गर्दै, सहकारीले दिर्घकालिन प्रभाव पर्ने योजनाहरु लिएर अगाडी वढ्नु पर्ने सुझाव राख्दै पर्यटनलाई जोडेर विश्व सामु चिनाउने प्रयास गर्दे प्राकृतिक र जलश्रोतका हिसावले भौतिक रुपमा भएको धनलाई निजि क्षेत्र संग साझेदारी गरी स्रोतका रुपमा आर्थिक आय आर्जनमा लाग्नु पर्ने धारणा राख्नुभएकाे थियाे ।्कार
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरी ,बाटिका बचत तथा ऋण सहकारी सस्थाका पुर्व अध्यक्ष धर्म बहादुर बस्नेत, समाज सेवी शिवजी लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझा , समाज सेवी पार्वती वाग्ले , सोमनाथ कंडेल लगायतले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारीहरुले सेयर सदस्यको मन जितेर लगानीलाई सुरक्षीत गर्न सक्नु पर्ने विचार राखेका थिए ।
सस्थाका अध्यक्ष प्रशान्तराज धमलाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रामचन्द्र खनाल धन्यवाद ज्ञापन प्रकाशचन्द्र पागल र संचालन सचिव विष्णु तिवारीले गरेका थिए ।
पोखरा ३२ र शुक्लागण्डकी नगरपालिकाको वडा नंं २ को सिमाना खुदी खोलामा ८९१ किलोवाट बिद्युत उत्पादनको तयारी गरेको छ । भने सहकारीमा एक हजार तिनसय एक सेयर सदस्यहरु रहेका छन् ।

