विमानस्थलमा नि:शुल्क यातायातले सर्वसाधरणलाई लाभ

काठमाण्डाैमा विमानस्थलमा आन्तरिक उडान गर्ने यात्रुहरूलाई आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म सञ्चालित नि:शुल्क यातायात सेवाबाट सर्वसाधरण सेवाग्राहीले लाभ हाँसिल गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक टर्मिनल प्रयाेग गर्ने यात्रुहरूका लागि दुई वटा हायस (माइत्रोबस) बाट निःशुल्क सेवा दिइएकाे हाे । याे सेवाले सर्वसाधारण नागरिकका लागि सहयाेग मिलेकाे छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निशुल्क सटल बस सञ्चालनका लागि निर्देशन दिनुभएकाे थियाे । मन्त्रीकाे निर्देशनपछि निःशुल्क सटल बस सेवा सञ्चालनमा अाएकाे हाे ।

भरतपुरबाट शनिबार भरतपुरबाट आएका एक यात्रुले निःशुल्क यातायात सेवाले यात्रुलाइ ठूलाे राहत मिलेकाे बताउनुभयाे । गेटसम्म जानका लागि यात्रुलाइ कि त लगेज गुडाउँदै जानुपर्ने सास्ती थियाे कित महंगाे शुल्कमा ट्याक्सी चढनुपर्थ्याे । याे सेवाले साच्चिकै सामान्य नागरिकलाइ ठूलाे सहयाेग पुगेकाे छ ।

विमानस्थलले निशुल्क चलाउने माइक्रोबस चढेर आन्तरिक यात्रु गोल्डेन गेटबाट भित्र पनि जान पाउने छन् । आन्तरिक टर्मिनलमा रहेको टयाक्सीमध्ये अधिकांश मिटरमा जान नमान्ने र धेरै भाडा लिन खाेज्छन । विमानस्थलले ट्याक्सीको ठगी अन्त्य गर्न त्यहाँभित्र साझा यातायातलाई पनि अनुमति दिएको छ ।

Facebook Comments