स्थानीय तह निर्वाचनः आज र भोलि उम्मेदवारी दर्ता

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दलहरूले आज र भोलि उम्मेदवारी दर्ता गर्दैछन् । सत्ता गठबन्धनमा भागबण्डा मिल्न बाँकी स्थानमा भाेलीमात्रै उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

एमालेले भने अधिकांश स्थानीय तहमा उम्मेदवार चयन गरिसकेकाे छ । सत्ता गठबन्धनले पनि टुंगाे लागेका बाहेकाका स्थानीय तहमा भाेली र सहमति भएका स्थानीय तहमा भने आज नै उम्मेदवारी दर्ता गर्ने भएका छन ।

सहमति हुन बाँकी स्थानमा उम्मेदवार तथा भागबण्डा मिलाउन सत्ता गठबन्धनको चुनावी संयन्त्रमा छलफल हुने बताइएकाे छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी संयन्त्रको बैठक बिहान ९ बजे बसेपछि गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक बस्ने बताइएकाे छ ।

Facebook Comments