अटेरी अभियानका गनेस पौडेलद्वारा पोखरा महानगर प्रमुखमा उम्मेद्वारी दर्ता
अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराउनुभएकाे छ ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा अप्सरा अधिकारीकाे प्रस्ताव र सरोज जीसीकाे समर्थनमा पाैडेलले उम्मेद्वारी दर्ता गर्नुभएकाे हाे ।
पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताउनुभयाे ।
स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेद्वारी दर्ता गराएको उहाँकाे तर्क छ ।
युवाहरूकाे चासाे बढेकाे तथा त्रिपक्षीय मत बाडीने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको पाैडेलकाे जिकीर छ ।
Facebook Comments

