लमजुङबाट पृथ्वीसुब्बा गुरूङ निर्वाचित
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेकाे लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएकाे छ । उहाँ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले पछि पार्दै निर्वाचित हुनुभएकाे हाे ।
पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङकाे ३१ हजार ७८१ मत पाएको लमजुङका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयाे ।
प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २३१ मत प्राप्त गरेका छन् । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४५७, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङकाे १४८ मत रहेकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १९२ मत खसेको र २ हजार ३८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएकाे छ ।

