अमेरिका विद्यालयमा गाेली प्रहार हुँदा १९ जनाकाे मृत्यु
३ दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाइने
अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएकाे छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएकाे पनि बीबीसीले उल्लेख गरेकाे छ ।
टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको र साे घटनामा संलग्न संग्धिध व्यक्तिकाे समेत मृत्यु भएकाे बताइएकाे छ ।
आक्रमणमा पिस्तोल र राइफल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने शंका गरिएकाे छ ।
आक्रमणकारीले पहिला घरमा हजुरआमाको हत्या गरेर स्कुलमा पुगेको विवरणहरू सार्वजनिक भएका थिए । १० वर्ष सम्मका बालबालिका अध्ययन गर्ने साे विद्यालयमा ५०० भन्दा बढी बालबालिकाहरू रहेको बताइन्छ ।
राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिदैं यस्ता घटना राेक्न आवश्यक कदम चाल्ने बताउनुभएकाे छ ।

