सार्वजनिक यातायात व्यवस्थित गर्न समिति गठन

सरकारले सार्वजनिक यातायालाइ सुरक्षित र व्यवस्थित गर्न एक समिति गठन गरेकाे छ । असाेज ७ गते बसेकाे मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात व्यवस्थित गर्न यस्ताे समिति गठन गर्ने निर्णय गरेकाे हाे ।

समितिले टाइम कार्ड, सवारी साधनका भारवहन क्षमता, सवारी साधनकाे गति, सवारी साधनकाे यान्त्रिक परीक्षण लगायतकाे अनुगमन, नियमन, सुपरिवेक्षण, निर्देशन र समन्वय गर्नेछ । समितिकाे संयाेजकमा गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पाेखरेल रहनुभएकाे छ ।

सडक दुर्घटना न्यूनीकरण तथा नागरिककाे अावागमन सहज, सुरक्षित र भरपर्दाे बनाउन यसले मद्दत पुग्ने सरकारकाे विश्वास छ ।

Facebook Comments