बेलायतमा भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्ने
बेलायतमा दाेस्राे प्रयासमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएकाे छ । क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा सुनकले भगवत् गीता छोएर शपथ खाएपछि चर्चा चुलिएकाे थियाे ।
सुनक सक्रिय राजनीतिमा प्रवेश गरेको ७ वर्षमै बेलायतको प्रधानमन्त्री बन्ने निश्चित भएकाे हाे । बेलायतको कन्जरभेटिभ पार्टीका नेता सुनक सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद निर्वाचित हुनुभएकाे थियाे ।
बेलायतका २५० धनी परिवारमध्येका एक सुनकका बुबा यशवीर सुनक चिकित्सक र आमा उषा सुनककाे औषधि छ ।
अर्थमन्त्रीका रूपमा कार्यकाल सफल बनाउनुभएका सुनक यसअघि लुट ट्रुससँग प्रधानमन्त्रीकाे प्रतिस्पर्धामा पराजित हुनुभएकाे थियाे । तर प्रधानमन्त्री निर्वाचित भएकाे ४५ दिनमा नै प्रधानमन्त्री बन्ने क्रममा गरिएका प्रतिवद्दता पुरा गर्न नसकेकाे भन्दै ट्रुसले राजीनामा दिएपछि सुनक फेरि प्रधानमन्त्रीकाे दाैडमा सामेल हुनुभएकाे थियाे ।
प्रतिस्पर्धी नै प्रधानमन्त्रीकाे दाैडबाट बाहिरिएपछि सुनककाे प्रधानमन्त्री पदकाे यात्रा सुनिश्चित भएकाे हाे ।

