एमालेसँग एक्ला एक्लै भिड्न अन्य दल डराएः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एक्ला एक्लै भिड्न अन्य दल डराएकाे आराेप लगाउनुभएकाे छ ।

काठमाण्डाैमा भएका कार्यक्रममा अध्यक्ष ओलीले एमालेकाे पाखुरा देखेर नै कांग्रेस लगायतका दल एक्ला एक्लै भिड्न डराएकाे बताउनुभयाे ।

उहाँले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा एमाले नै विजयी हुने दावी गर्नुभयाे ।

एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरुमात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले दावी गर्नुभयाे ।

पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

Facebook Comments