लुम्बिनी लायन्सले विजयी शुरूवात
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे उद्घाटन खेलमा लुम्बिनी लायन्सले ७ विकेटले विजयी बनेकाे छ । ८८ रनकाे लक्ष्य पाएकाे लुम्बिनीले तीन विकेटकाे क्षतिमा लक्ष्य पुरा गर्दै विजयी शुरूवात गरेकाे हाे ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले १८ बलमा ४ चौका र ३ छक्का प्रहार सर्वाधिक ४० रन बनाए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।
आसिफ ३२ रनमा आउट भए । निरोशन डिक्वेलालृ ७ रन, शमिम हुसेनले एक र कप्तान रोहित पौडेलले ५ रन जाेडेका थिए ।
टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रन बनाएकाे थियाे । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा २७ र सैफ जैबले १४ बलमा १३ रन बनाएका थिए ।
Facebook Comments

