चिनको बढ्दो प्रभावलाई रोक्न इन्डो-प्यासिफिक क्षेत्रमा ५० अर्ब लगानी गर्ने
चिननको बढ्दो प्रभावलाई रोक्न अमेरिका, जापान, भारत र अस्ट्रेलियाले इन्डो-प्यासिफिक क्षेत्रमा आगामी ५ वर्षमा भित्रमा पूर्वाधारमा ५० अर्ब डलरभन्दा बढीको पूर्वाधार सहायता लगानी विस्तार गर्ने बाचा गरेका छन् ।
टोकियोमा ‘क्वाड’ शिखर बैठकपछि उनीहरुले यस्तो घोषणा गरेका हुन्। क्वाड चीनको बढ्दो आर्थिक र सैन्य शक्तिलाई टक्कर दिन गठित अनौपचारिक गठबन्धन हो ।
बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्टोनी अल्बानिज र जापानी प्रधानमन्त्री फुमियो किसिदाकाे सहभागिता थियाे ।
अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्टोनी अल्बानिज,अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री फुमियो किसिदा क्वाड समूहको विश्व शिखर सम्मेलनबाट उनीहरूले अवैध माछा मार्ने कार्यविरुद्ध समुद्रमा मिलेर निगरानी गर्ने योजना बनाएकाे बताएका छन् ।
बैठकमा जलवायु परिवर्तन, प्रविधि विकास, कोभिड १९ र युक्रेनमाथि रुसको आक्रमणमा विषयमा छलफल गरेका छन् । छलफलमा युक्रेनमाथि रुसी आक्रमण अस्वीकार्य भएको समेत उल्लेख गरिएको छ । पूर्वी चीन सागरमा चीनको क्षेत्रीय दावी, उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र धम्की र रूससँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवादले बिस्तारै चुनौती दिइ रहेको सन्दर्भमा जापानले पहिलो पटक क्वाड शिखर सम्मेलनको आयोजना गरेको थियो।
बैठकको अध्यक्षता गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले विश्वलाई सन्देश दिनका लागि चार देश एकसाथ आएको बताउनुभयाे ।
चीनलाई यस क्षेत्रमा एक्ल्याउन वा प्रभुत्व जमाउन नदिन अमेरिकाले यस्ताे पहल गरेकाे कतिपयकाे बताइ छ । वास्तवमा चीनको बेल्ट यान्ड रोड इनिसिएटिभ (बीआरआई) र रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशिप (आरसीईपी) लाई टक्कर दिने भूराजनीतिक पहलअन्तर्गत आईपीईएफलाई बढाउन खोजिएको बिश्लेषण गरिएकाे छ ।

