स्याङ्जाको भीरकोटमा जिप दुर्घटना, ३ यात्रु घाइते

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ५ तोरीडाँडामा जिप दुर्घटना भएकाे छ । दुर्घटनामा ३ जना यात्रु घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

घाइते हुनेमा भीरकोट ५ तोरीडाँडाका बर्ष ५१ का यामप्रसाद पौडेल, सोही ठाउँका ५९ बर्षका मित्रलाल पौडेल र जिप चालक बर्ष ३५ का रोशन एसके रहेकाे स्थानीय शिक्षक कृष्ण पाैडेलले जानकारी दिनुभयाे ।

मित्रलाल वालिङमा उपचारपछि घर फर्कनु भएको छ भने यामप्रसाद र रोशनलाई थपउपचारको लागि पोखरा ल्याइएको छ । प्रत्यक्षदर्शीका अनुसार पोखरा रिफर गरिएका घाइतेहरुको टाउको र मेरुदण्डमा चोट देखिएको छ ।

जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियाे । दुर्घटनाबारे अनुसन्धान थालेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments