पोखराबारे लेखिएका कविता अब एकै ठाउँमा
पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिनुभएकाे हाे ।
२०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुनः पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृवितासङ्ग्रहलाई आचार्यकै जन्मदिन पारेर साउन ९ गते पोखरामा लोकार्पण गरिएकाे हाे ।
कार्यक्रमका विशेष अतिथित्रय पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभयाे ।
महानगरप्रमुख धनराज आचार्यले न्याय क्षेत्रमा क्रियाशील व्यक्तिले पोखरालाई कर्म थलो बनाएको बेलामा गरिएको चिन्तन स्तुत्य र पोखराबारे लेखिएका सबै कविता एकै ठाउँमा पढ्ने अवसर मिलाएर ठूलो गुन लगाएको बताउनुभयाे ।
मेयर आचार्यले १८ महानगरपालिका आउने पुस्तालाई हिजो देखाउन सक्ने गरी अगाडि बढिरहेको जानकारी पनि दिनुभयाे ।
मेयर आचार्यले काव्यरसमा पोखरा समालोचना गर्ने विषय होइन, पोखरालाई सबै हिसाबले सबल तुल्याउन, सबै बिम्बलाई प्रयोग गर्न हामी सबै लाग्न आवश्यक रहेकाे उल्लेख गर्नुभयाे ।

