पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँकाे अनुमति
जिल्ला अदालत तनहुँकले बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
१७ वर्षीय नाबालिगलाई बलात्कार गरेको उजुरीपछि आइतबार मात्र पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धानका लागि समय माग गरेकाे थियाे ।
अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिनुभयाे ।
अभिनेता पलले विगत डेढ वर्षयता नाबालिग गायिकालाई पटक/पटक बलात्कार गरेको भन्दै गत बुधबार तनहुँ प्रहरीमा उजुरी परेको थियो भने आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ।
शाहले नवलपुर, पाेखरा र तनहुँ लगायतका स्थानमा दुर्व्यवहार एवं जवरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख गरिएकाे छ ।
Facebook Comments

