नेराशिसं पोखरा महानगरको दसैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान 

नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिद्वारा आयोजित विजया दशमी, शुभदीपावली, छठ , नेपालसम्वत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले उपस्थित शिक्षकहरुलाई शुभकामना दिँदै अब विकासको आधार भौतिक विकास मात्र नभई मानसिक र बौद्धिक विकास पनि हुनुपर्ने बताउनुभयाे ।

हरेक मानिस आफ्नो पेसामा मस्त, व्यस्त र शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएमा जीवन सफल हुने भन्दै वडादसैंको शुभकामना दिनुभयाे ।

अतिथि नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारीले शिक्षक महासंघले शिक्षकका हकहितका लागि केन्द्रीय तहबाट गरेका कार्यहरुका बारेमा जानकारी दिँदै दसैंको शुभकामना दिनुभयाे ।

त्यस्तै नेकपा एमाले पोखरा महानगर समितिका अध्यक्ष दिलीप न्यौपानेले उपस्थित शिक्षकहरुलाई वडादसैंलगायतका पर्वहरुको शुभकामना दिँदै अब आउने चुनावमा नेकपा एमालेलाई लोकप्रिय बनाउन शिक्षकहरुले भूमिका खेल्नुपर्ने बताउनुभयाे ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले अबको लडाई अरुसँग मात्र नभएर आफूमा भएका रिस, लोभ, वासनालगायतका नकरात्मक कुराहरु माथि विजयी हुनु पनि सफल हुनु हो भन्दै अरुलाई हराउन अघि आफूलाई जित्न शुभकामना दिनुभयाे ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल, पेसागत महासंघ कास्कीका सहसचिव जीवन सुवेदी, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सचिव बाबुराम भुजेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेराशिसं जिल्ला समितिका पदाधिकारी, कास्कीका गाउँपालिकाका पदाधिकारीलगायतका शिक्षकहरुको सहभागिता रहेको थियो ।

Facebook Comments