१५४ स्थान मध्ये ५२ स्थानमा कांग्रेस ४० स्थानमा एमाले विजयी

संघीय संसदकाे प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये हालसम्म १५४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

घाेषित नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवारहरू ५२ स्थानमा र नेकपा एमालेका उम्मेदवारहरू ४० स्थानमा विजयी भएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ७/७ स्थानमा जित हाँसिल गर्दा जनता समाजवादी पार्टीले ६ स्थानमा र लाेकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्।

रेशम चाैधरी नेतृत्वकाे नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र उम्मेदवारहरू ५ स्थानमा विजयी भएका छन्।

दोलखा, स्याङ्जा २ र बाजुराको मत गणना भने दलहरूवीचकाे विवादका कारण शुरू हुन बाँकी छ।

Facebook Comments