नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे
नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको छ ।
चितवनकाे इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५: ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिराेमा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएका एक जनाकाे भरतपुरमा उपचार भइरहेकाे छ ।
पहिरो पन्छाउने काम सुरु भएको हाल एकतर्फी रूपमा सडक सूचारू भएकाे प्रहरीले जनाएकाे छ ।
नारयणगढ मुग्लिन सडक खण्डमा बारम्बार सुख्खा पहिराे जाने गरेकाे छ ।
Facebook Comments

