नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको केही खेल वालिङमा गराउन माग
गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाको केहि खेल वालिङमा आयोजना गर्न त्यहाँका जनप्रतिनिधि स्थानीयले आग्रह गरेका छ्न ।
खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनको लागि वालिङ पुगेको टोलीसित उक्त आग्रह गरेका हुन ।
खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली स्याङ्जाको वालिङ पुगेर वालिङ फुटबल मैदान ,फुलबारी स्थित कभर्डहल र पुतली बजार १३ पुलको मुखको क्रिकेट मैदानको अवलोकन गरेको छ ।
वालिङमा भएको छलफलमा वालिङका जनप्रतिनिधि तथा स्थानीयले वालिङमा गर्न सकिने खेलको जिम्मा दिन आग्रह गर्दे जिम्मेवारी उत्कृष्ट ब्यवस्थापन गर्ने दाबी गरेका छन ।
वालिङ नगरपालिका निबर्तमान नगर प्रमुख दिलिप प्रताप खाणले वालिङमा नवौं खेलकुद प्रतियोगितामा महिला फुटबल , फुल कन्ट्याक्ट कराते र भीरकोटको स्वरेकमा प्याराग्लाइडिङ प्रतियोगिता गर्न सकिने र त्यसको स्थानीय ब्यबस्थापन उत्कृष्ट ढंगले गर्ने विश्वास दिलाउनु भयो ।

खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले पुर्बाधार केही निर्माण गर्नुपर्ने अवलोकनको क्रममा देखिएकोले बजेट लागत सहित १४ गते सम्म पठाउन आग्रह गर्नु भयो ।
गुरुङले स्वरेकमा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतियोगिता समेत भइसकेको र महिला फुटबलकोलागि खेलाडीको लागि अभ्यास गर्न अन्य मैदान भएकोले सम्भावना देखिएको बताउनु भयो ।
संयोजक गुरुङले आगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठकमा आफुले अबलोकन गरेको स्थलहरुको लिखित रिपोर्टिङ गर्ने बताउनु भयो । खेलस्थल अवलोकनको लागि सचिव कृष्ण तिमिल्सिना,क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मण योगी ,पत्रकारसहितको टाेली गएकाे थियोे ।
टाेलीले गरेको छलफलमा वालिङका पुर्व मेयर दिलिप प्रताप खाड, १,६,८,९ र १० का वडाध्यक्षहरु ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ,वालिङ नगरपालिकका निमित्त कार्यलय प्रमुख ज्ञानप्रसाद अर्याल ,विबिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुको सगभागिता रहेको थियो ।
गुरुङ नेतृत्वको टोलीले केही दिनदेखि विभिन्न जिल्ला पुगेर सम्भावित खेलस्थल अवलोकन गर्दै आएको छ । बुधबार तनहुँ पुगेको टोली (बिहिबार) स्याङ्जाको वालिङ मैदानको निरिक्षणका लागि पुगेको हो ।
यसअघि उक्त टोलीले पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे« गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको संयोजक गुरुङले बताउनु भयो ।
३९ बर्षपछि नवाैं राष्ट्रिय खेलकूद प्रतियाेगिता पाेखरामा हुन लागेकाे हाे । प्रतियाेगिताका केही खेल पाेखरा बाहिरका जिल्लामा गराउँदा खेलका साथै पर्यटनकाे समेत विकासमा टेवा पुग्ने अपेक्षा स्थानीयकाे छ ।

