५७७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लाे समय पुनः काेराेना संक्रमण बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ४ सय ७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् ।

बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टामा २६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या भने ४ हजार ३५६ पुगेको छ ।

Facebook Comments