डेंगीबाट ३८ जनाकाे मृत्यु
पछिल्लाे समयमा डेंगीकाे प्रकाेप देशैभर फैलिएकाे छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशैभर फैलिएको डेंगीबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को २४ घण्टाको तथ्यांकअनुसार थप ५४० जना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ । याेसँगै अहिलेसम्म २८ हजार १०९ जनामा डेंगी संक्रमण भएकाे महाशाखाले जनाएकाे छ । पुगेको छ ।
तथ्यांकअनुसार प्रदेश १ मा ८ सय २९, मधेसमा ४ सय १३, वाग्मतीमा २१ हजार ९ सय ७५, गण्डकीमा ६ सय ७७, लुम्बिनीमा ३ हजार १ सय २५, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिममा ५ सय ५० वटा केस देखिएका छन् ।
डेंगी एडिस एजिप्टी र एडिस एल्बाेपिक्टस् प्रजातिका पाेथी लामखुट्टेकाे टाेकाइबाट सर्ने गर्दछ ।
Facebook Comments

